Logo

शानदार जितसंगै व्बाईज युनियन चौंथो स्थानमा

ई-खेलकुद २०७७ फागुन १३ , बिहीबार ०७:०२ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबले शानदार जित निकालेको छ । बिहिबार भएको दोस्रो खेल ब्वाईज युनियनले झम्सिखेल युथ क्लबलाई ४–० को फराकिलो अन्तरले हराएको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा ब्वाईज युनियनलाई फराकिलो जित दिलाउन बिनोद राईले ह्याट्रिक गरे । अर्को गोल टंक बहादुर स्याङतानको नाममा रह्यो । पहिलो हाफमा १–० को अग्रता बनाएको ब्वाईजले दोस्रो हाफमा ३ गोल गर्दै शानदार जित निकालेको हो । २६ औं मिनेटमा कप्तान टंकको गोलमा ब्वाईज युनियनले खेलमा अग्रता कायम गरेको थियो ।
६१ औ मिनेटमा सब्टिच्युट खेलाडीका रुपमा मैदान प्रबेश गरेका बिनोदले त्यसको ३ मिनेटपछि नै गोल गर्दै टोलीलाई २–० को अवस्थामा पुर्याए । ८५ औं मिनेटमा विनोदले व्यक्तिगत दोस्रो गोल गर्दा ब्वाइज युनियन ३–० को बलियो अवस्थामा पुग्यो । खेलको अतिरिक्त समयमा उनले ह्याट्रिक पुरा गर्दा टोलीले शानदार जित हात पार्यो । यो जितसंगै ब्वाइज युनियन तालिकाको चौंथो स्थानमा उक्लिएको छ । ७ खेलबाट उसको ११ अंक भएको छ । झम्सिखेलको भने समान खेलबाट ६ अंक छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?