Logo

शानदार जितसंगै बार्यन शीर्ष स्थानमा फर्कियो

ई-खेलकुद २०७७ पुस २० , सोमबार ०६:०१ मा प्रकाशित

एजेन्सी । जर्मन बुण्डेश लिगा फुटबलका पछिल्ला खेलमा बायर्न म्युनिख र बोरुसिया डर्टमण्ड विजयी भएका छन् । माईन्जलाई ५–२ गोल अन्तरले हराउदै बायर्न तालिकाको शीर्ष स्थानमा फर्किएको हो । घरेलु मैदानमा रोबर्ट लेवान्डोस्कीले २ तथा जोस्वा किमिच, लेरोई साने तथा निकालस सुलेले एक एक गोल गर्दै बायर्नलाई सहज जित दिलाए । खेलको पहिलो हाफमा २–० ले पछि परेको अवस्था उल्टाउदै साविक विजेता वार्यनले पुनरागमन जित हात पारेको हो । १४ खेलबाट ३३ अंक सहित बायर्न तालिकाको शीर्ष स्थानमा पुगेको हो ।
वुल्फवर्गलाई २–० ले हराएको बोरुसिया डर्टमण्ड तालिकाको चौथो स्थानमा पुगेको छ । १४ खेलबाट उसको २५ अंक भएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?