Logo

वेष्ट ईण्डिबिरुद्धको टेष्ट सिरिज न्युजिल्याण्डद्धारा क्लिनस्वीप

ई-खेलकुद २०७७ मंसीर २९ , सोमबार ०८:१२ मा प्रकाशित

एजेन्सी । वेष्ट ईण्डिजबिरुद्धको टेष्ट सिरिज घरेलु टोली न्युजिल्याण्डले क्लिनस्वीप गरेको छ । दोस्रो तथा अन्तिम टेष्टमा एक ईनिङस १२ रनको शानदार जित निकाल्दै किबिज टोलीले २ म्याचको टेष्ट सिरिज क्लिनस्वीप गरेको हो । पहिलो ईनिङसमा १ सय ३१ रन बनाउदै फ्लो अनमा परेको क्यारेबयिन टोली दोस्रो ईनिङसमा ३ सय १७ रनमा अलआउट भएपछि घरेलु टोलीले शानदार जित हात पारेको थियो । न्युजिल्याण्डले पहिलो ईनिङसमा ४ सय ६० रन बनाएको थियो । ६ विकेट गुमाएर २ सय ४४ रनको अवस्थाबाट चौथो दिनको खेल थालेको क्यारेबियन टोली थप ७३ रन जोड्दा अलआउट भएको थियो । जोन क्याम्पवेलले ६८, कप्तान जेसन होल्डरले ६१ र जोसुवा डा सिल्भाले ५७ रन बनाएपनि टोलीलाई शर्मनाक हारबाट जोगाउन सकेनन् । ट्रेन्ट बोउल्ट र नेईल वाग्नरले समान ३ तथा केएल जेमीसन र टिम साउथीले समान २ विकेट हात पारे ।
घरेलु टोलीले हेनरी निकाल्सको १ सय ७४ रनको मद्दतमा पहिलो ईनिङसमै बलियो योगफल तयार पारेको थियो । नेईल वाग्नरले ६६ र विल योङले ४३ रन बनाएका थिए । वेष्ट ईण्डिजपछि किबिज टोलीले पाकिस्तानसंग ३ मयातको टि–२० र २ मयाचको टेष्ट सिरिज हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?