Logo

विश्वकप फुटबलको खेल तालिका सार्बजनिक, नेपाली दर्शकलाई सहज समय

ई-खेलकुद २०७७ असार ३१ , बुधबार ०७:०७ मा प्रकाशित

एजेन्सी । एसीयाली मुलुक कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपको खेल तालिका सार्वजनिक भएको छ , विश्व फुटबलको सर्बोच्च निकाय फिफाले विश्वकपको तालिका स्थानिय समय सहित सार्बजनिक गरेको हो ।
कतारमा हुने विश्वकप सन् २०२२ नोभेम्बर २१ बाट सुरु हुनेछ । विश्वकपको उद्घाटन खेल २१ नोभेम्बरमा स्थानीय समयअनुसार दिउँसो साढे ३ बजे सुरु हुनेछ । यो समय नेपाली दर्शकका लागि निक्कै सहज समय हो । समुहचरण र नकआउट चरणका खेलहरु पनि नेपाली दर्शकका लागि सहज समयमा रहेका छन् । नेपालभन्दा कतारको समय पौने ३ घण्टा ढिला छ ।


फिफाले सार्बजनिक गरेको तालिका अनुसार समुहचरणमा एकै दिन ४ खेल राखिएको छ । पहिलो खेल नेपाली समयानुसार दिउँसो पौने ४ बजे हुनेछ । दोस्रो खेल ७ र तेस्रो खेल राती ९ बजे हुनेछ । चौथो खेल भने मध्यराती १ बजे सुरु हुनेछ ।
तेस्रो स्थानको प्लेअफ खेल कतारको उत्कृष्ट खालिफा अन्तर्राष्ट्रिय रंगशालामा हुने फिफाले जनाएको छ । तेस्रो स्थानको प्लेअफ १७ डिसेम्बरमा हनेछ । विश्वकपको फाईनल खेल डिसेम्बर १८ मा हुनेछ । नेपाली समयअनुसार राती पौने ९ बजे लुसेल रंगशालामा विश्वकपको फाईनल खेल तय गरिएको छ । यो रंगशाला ८० हजार दर्शक क्षमताको छ ।
समूह चरणका खेल १२ दिनसम्म चल्नेछन् । विश्वकपका लागि कतारले ठुला क्षमताका ८ वटा रंगशाला तयार पारेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?