Logo

विश्वकप छनोट : ताईपेईबिरुद्ध जितको खोजीमा नेपाल

ई-खेलकुद २०७८ जेठ २० , बिहीबार ०८:०६ मा प्रकाशित

काठमाण्डौ । कतारमा अर्को बर्ष हुने विश्वकप फुटबल तथा एसियन कप २०२३ को छनोट अन्तर्गत नेपालले आज चाईनिज ताईपेईसंग प्रतिस्पर्धा गर्दैछ । कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा हुने खेल नेपाली समयानुसार राती पौने १० बजे सुरु हुदैछ । पहिलो लेगमा रोमाञ्चक जित निकालेको नेपाल आजपनि जित निकाल्दै एसीयन कपको अघिल्लो चरणमा स्थान सुरक्षित गर्ने योजनामा छ ।
विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा चार अवे र १ होम गरी नेपालले हालसम्म एक खेलमा मात्र जित निकाल्दै तालिकामा तीन अङ्क बनाएको छ । ताईपेईलाई लगातार दोस्रो खेलमा हराउने लक्ष्यमा रहेको नेपाली टोलीमा यो पटक निक्कै परिवर्तन गरिएको छ । यसअघि नेपालले विश्वकप छनोट र एसिया कप छनोटको तयारी भन्दै नेपालले शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । कुवेतको अत्याधिक गर्मी मौसमसँग अभ्यस्त हुनकै लागि नेपालले इराक भ्रमण गरेको थियो ।
नेपाल चाइनिज ताइपेईविरुद्ध मैदान उत्रँदा उच्च मनोबलका साथ मैदान उत्रने छ । चाइनिज ताइपेई पनि अघिल्लो खेलमा भोगेको हार बिर्सन लक्ष्यका साथ नेपालविरुद्ध मैदान उत्रनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?