Logo

विश्वकप छनोट अघि नेपालले घरेलु मैदानमा मैत्रीपुर्ण खेल्ने

ई-खेलकुद २०७७ मंसीर ५ , शुक्रबार ०८:११ मा प्रकाशित

काठमाण्डौ । विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने दोस्रो चरणका खेल अघि नेपालले थप मैत्रीपुर्ण खेल खेल्ने भएको छ । बंगलादेशसंगको २ वटा मैत्रीपुर्ण खेल खेलेर स्वदेश फर्किसकेको टोलीले घरेलु मैदानमा अन्य मुलुकसंग मैत्रीपुर्ण खेल खेल्न लागेको हो । यद्यपी अखिल नेपाल फुटबल संघ एन्फाले नेपालसंग खेल्ने टोलीको औपचारिक रुपमा टुंगो लागि नसकेको जनाएको छ । एन्फासंग मैत्रीपुर्ण खेलका लागि बिभिन्न मुलुकको प्रस्ताव समेत आएकाले उपयुक्त प्रस्तावलाई स्विकार गर्दै टोलीको टुंगो लाग्नेछ । एन्फा श्रोतका अनुसार पाकिस्तानले नेपालमै आएर खेल्ने ईच्छा देखाएकाले उसैसंग २ वटा मैत्रीपुर्ण खेल खेल्ने संभावना छ । त्यसबाहेक माल्दिभ्स, भुटान लगायत सार्कका केहि मुलुक र अन्य एसियाली मुलुकले पनि नेपाल भ्रमणको ईच्छा देखाएका छन् ।
घरेलु मैदानमा हुने विश्वकप छनोटका खेलको तयारीका लागि एन्फाले अर्को मैत्रीपुर्ण खेलको तयारी थालेको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?