Logo

विश्वकप छनोटको खेलमा अर्जेन्टिनाको बराबरी

ई-खेलकुद २०७८ जेठ २६ , बुधबार ०७:०६ मा प्रकाशित

एजेन्सी । विश्वकप फुटबल २०२२ को दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । आज बिहान भएको खेलमा अर्जेन्टिना कोलम्बियासंग २–२ को बराबरीमा रोकिएको हो । अन्तिम केहि समय सम्हालिन नसक्दा अर्जेन्टिना अंक बाँड्न बाध्य भयो । कोलम्बियाको मैदानमा अर्जेन्टिनाले खेलको तेस्रो मिनेटमा नै अग्रता बनाएको थियो । क्रिस्टियन रोमेरोले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको आठौं मिनेटमा २–० को अग्रता बनाएको अर्जेन्टिनामाथि दोस्रो हाफमा कोलम्बियाले उत्कृष्ट कमब्याक गर्दै अंक खोसेको हो । लेयान्द्रो पाराडेसले टोलीका लागि दोस्रो गोल गर्दा पहिलो हाफको सुरुवातमै अर्जेन्टिना २–० को बलियो अबस्थामा पुगेको थियो ।
५१ औं मिनेटमा कोलम्बियाले पेनाल्टी पाएको थियो । लुइस फर्नान्डो मुरियल फुर्टोले त्यसलाई सदुपयोग गर्दै कोलम्बियालाई २–१ को अवस्थामा पुर्याए । निर्धारित समयसम्म अर्जेन्टिना २–१ ले अघि थियो । तर खेलको इ्न्जुरी समयको अन्तिम मिनेटमा मिगुएल बोर्जाले गोल गर्दै कोलम्बियालाई उत्कृष्ट बराबरीमा पुर्याएका थिए । विश्वकप छनोटमा अर्जेन्टिनाको यो तेस्रो बराबरी हो । यो बराबरीसंगै उ ६ खेलबाट १२ अंकसहित दोस्रो स्थानमा कायम छ । कोलम्बिया भने ८ अंकमा पाँचौ स्थानमा छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?