Logo

विराट गोल्डकपमा आजबाट सेमिफाईनल चरणका खेल सुरु हुदै

ई-खेलकुद २०७८ वैशाख १ , बुधबार ०७:०४ मा प्रकाशित

विराटनगर । विराटनगरमा जारी छैटौ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगीतामा आजबाट सेमिफाईनल चरणका खेल सुरु हुदैछ । प्रतियोगीताको पहिलो सेमिफाईनलमा आज घरेलु टोली विराटनगर ११ र शसस्त्र प्रहरीको नेपाल एपीएफ प्रतिस्पर्धा गर्नेछन् । विराटनगरस्थित सहिद रंगशालामा हुने सेमिफाईनल भिडन्त राती ७ बजे सुरु हुनेछ ।
क्वार्टरफाईनलमा विराटनगरले सिलुगुढिको युनाईटेड स्पोर्टस क्लबलाई हराउदै सेमिफाईनलमा स्थान बनाएको हो । एपीएफले विभागीय डर्बीको क्वार्टरफाईनलमा नेपाल पुलिसलाई हराएर अन्तिम चारको यात्रा तय गरेको हो ।
एकअर्काबिरुद्ध मैदान उत्रदा दुबै टोली जित हात पार्दै उपाधियात्रा तय गर्ने योजनामा रहेका छन् । आजको विजेताले भोली हुने दोस्रो सेमिफाईनलको विजेतासंग शनिवार प्रतिस्पर्धा गर्नेछन् । दोस्रो सेमिफाईनलमा भोली संकटा क्लब र भारतको पञ्जाव पुलिस क्लब प्रतिस्पर्धा गर्नेछन् । ४ विदेशी सहित १० टोली सहभागी गोल्डकपको उपाधि विजेताले १५ लाख रुपैया हात पार्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?