Logo

विराट गोल्डकपको दोस्रो क्वार्टरफाईनलमा पञ्जाव र मछिन्द्र भिड्दै

ई-खेलकुद २०७७ चैत्र २९ , आईतबार ०८:०४ मा प्रकाशित

विराटनगर । विराटनगरमा जारी छैटौ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगीताको दोस्रो क्वार्टरफाईनलमा लिग विजेता मछिन्द्र फुटबल क्लब र पाहुना टोली पञ्जाव पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन् । विराटनगरस्थित सहिद रंगशालामा हुने क्वार्टरफाईनल भिडन्त साझ साढे ६ बजे सुरु हुनेछ । प्रिक्वार्टरफाईनलमा रुपन्देहिको गोर्खा व्वाईज क्लबलाई पेनाल्टि सुटआउटमा हराउदै पञ्जावले अन्तिम आठको यात्रा तय गरेको हो । मछिन्द्र भने वाई पाएको टोली हो । एकअर्काबिरुद्ध मैदान उत्रदा दुबै टोली सहज जित निकाल्दै प्रतियोगीताको सेमिफाईनलमा प्रबेश गर्ने योजनामा रहने छन् ।
यसअघि हिजो भएको पहिलो क्वार्टरफाईनलमा भारतको सिलुगुढि युनाईटेडलाई ३–० ले हराउदै विराटनगर ११ ले अन्तिम चारको यात्रा तय गरेको थियो । ४ विदेशीसहित १० टोली सहभागी गोल्डकपको उपाधि विजेताले १५ लाख रुपैया हात पार्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?