Logo

विराट गोल्डकपको उपाधिका लागि पञ्जाव र एपीएफ भिड्दै

ई-खेलकुद २०७८ वैशाख ४ , शनिबार ०७:०४ मा प्रकाशित

विराटनगर । विराटनगरमा जारी छैटौ विराट गोल्डकप फुटबल प्रतियोगीताको उपाधिकालागि आज पञ्जाव पुलिस एफसी र नेपाल एपीएफ प्रतिस्पर्धा गर्दैछन् । विराटनगरस्थित सहिद रंगशालामा हुने फाईनल खेल साँझ ६ बजे सुरु हुनेछ । सेमिफाईनलमा पञ्जाव पुलिसले संकटा क्लबलाई हराउदै उपाधि यात्रा तय गरेको हो । एपीएफले घरेलु टोली विराटनगर ११ लाई हराउदै फाईनलमा स्थान बनाएको थियो ।
फाईनलमा एपीएफका मानबहादुर राना मैदानमा देखिने छैनन् । दोहोरो पहेंलो कार्डका कारण उनले फाईनल गुमाएका हुन् । उनको स्थानमा सन्तोष कटुवाल मैदान उत्रनेछन् । फाईनलमा पञ्जावका डिफेन्डर सर्वजीत सिंह र कप्तान जगदीप सिंह प्लेईङ सेटमा रहने छैनन् । सर्बजित गोलीगाँठोमा लागेको चोटका कारण तथा कप्तान जगदिप सेमिफाइनल खेलमा रातो कार्ड पाएका कारण फाईनलमा रहने छैनन् । पाहुना टोली हरजिन्दर सिंहको कप्तानीमा मैदानमा रहने छ ।
प्रतियोगीताको विजेता टिमले ट्रफीसहित नगद १५ लाख १५ हजार रुपैयाँ पाउने छ । उपविजेता टोलीले ७ लाख ५१ हजारमा चिक्त बुझाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइने छ । विधागत उत्कृष्ट खेलाडीले जनहि २५ हजार रुपैया पाउने आयोजकले जनाएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?