Logo

विराटनगरलाई हराएको पुलिस चौथो स्थानमा

ई-खेलकुद २०७७ माघ २७ , मंगलबार ०५:०२ मा प्रकाशित

काठमाण्डौ । विभागीय टोली नेपाल पुलिस क्लब राष्ट्रिय महिला लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ । आज भएको खेलमा विराटनगर महानगरपालिकालाई ३–० गोल अन्तरले हराउदै पुलिसले तालिकामा सुधार गरेको हो । यो संगै पुलिसले अघिल्लो खेलमा भोगेको हारको बदला समेत लिएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पुलिसलाई जिताउन निरु थापाले दुई तथा निर्मला उपाध्यायले एक गोल गरिन् । ४१ औं मिनेटमा निर्मलाले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिईन् । ५७ औं मिनेटमा निरुले गोल गर्दा टोली २–० ले अघि रह्यो । त्यसको २ मिनेट लगत्तै उनैले दोस्रो गोल गर्दा पुलिस ३–० ले विजयी भयो ।
यसअघिको भेटमा पुलिस विराटनगरसँग १–० ले पराजित भएको थियो । विराटनगरलाई हराएसँगै पुलिस ८ खेलबाट ११ अंक जोड्दै तालिकाको चौंथो स्थानमा उक्लिएको छ । समान खेलबाट विराटनगर १० अंकमा पाँचौ स्थानमा छ ।

 


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?