Logo

विभागीय डर्बीमा नेपाल पुलिस र एपीएफबीचको खेल बराबरी

ई-खेलकुद २०७८ फागुन १० , मंगलबार ०३:०२ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्र्तगत विभागीय डर्बीको खेल बराबरीमा सकिएको छ । आज भएको खेलमा नेपाल पुलिस र एपीएफले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुलिसले अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन् ।

खेलको पहिलो मिनेटमै सुमन लामाले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । तर उसको अग्रता पहिलो हाफभरपनि टिक्न सकेन् । पहिलो हाफको समय सकिन ४ मिनेट अघि एपीएफका प्रदिप लामाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा दुबै टोलीले पाएका अवसर गुमाउदा सोहि नतिजा निर्णायक बन्यो । बराबरीसँगै १२ खेलबाट एपीएफको १५ र पुलिसको १२ अंक भएको छ । आजै अर्को विभागीय टोली त्रिभुवन आर्मीले संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?