Logo

विभागीय डर्बीको खेल बराबरीमा सकियो

ई-खेलकुद २०७८ मंसीर ६ , सोमबार ०४:११ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विभागीय डर्बीको खेल बराबरीमा सकिएको छ । पहिलो चरणमा भएको त्रिभुवन आर्मी र नेपाल पुलिसबिचको खेल एक एक गोलको बरारबीमा सकिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुलिसले खेलमा अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ औं मिनेटमा सन्तोष हेमरमले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । तर उसको अग्रता लामो समय टिक्न सकेन् ।

त्यसको १० मिनेटपछि विवेक बस्नेतले गोल गर्दै आर्मीलाई बराबरीमा ल्याए । खेलमा दुबै टोलीले केहि राम्रा अवसर बनाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा सोही नतिजा निर्णायक बन्यो । बराबरीसँगै दुबै टोलीले एक एक अंकसहित लिगको सुरुवात गरेका छन् ।

खेलमा आर्मीका सेसेहाङ आङदेङवे म्यान अफ दि म्याच चुनिए । पहिलोचरणको अन्तिम खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीबिच खेल हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?