Logo

विजेता सिटीको शानदार जित, चेल्सी र लिभरपुल च्याम्पियन्स लिगमा

ई-खेलकुद २०७८ जेठ १० , सोमबार ०६:०५ मा प्रकाशित

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले एभर्टनमाथि ५–० गोलको फराकिलो जित निकाल्दै सिजनको अन्त्य गरेको छ । गएराती घरेलु मैदानमा भएको खेलमा सिटीले फराकिलो जित निकाल्दै सिजनको अन्त्य गरेको हो ।
उसको जितमा सर्जियो अगुएरोले दुई गोल तथा केभिन डी ब्रुयेन, ग्राबियल जेसस र फिल फोडेनले एक एक गोल गरे । पहिलो हाफमा २–० को अग्रत बनाएको सिटीले दोस्रो हाफमा ३ गोल गर्दै शानदार जित हात पारेको हो ।
जितसंगै सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा १२ अङ्कले अगाडि रहदै लिगको अन्त्य ग¥यो ।
गएरातीनै क्रिष्टल प्यालेसलाई २–० ले हराउदै लिभरपुलले च्याम्पियन्स लिगमा स्थान बनाएको छ । यो जितले उसलाई तालिकाको तेस्रो स्थानमा पुर्याएको छ । लेष्टर सिटी टटनह्यामसंग पराजित भएपछि चेल्सीपनि भाग्यमानी सावित बन्दै आसन्न च्याम्पियन्स लिगमा प्रबेश गरेको छ । एष्टनभिल्लासंग २–१ ले पराजित भएपनि चेल्सी चौथो स्थानमा रहदै आगामी सिजनको च्याम्पियन्स लिगमा प्रबेश गरेको हो ।
अर्को खेलमा म्यानचेष्टर युनाईटेडले वुल्भरहेम्प्टनलाई २–१ ले स्तब्ध पार्यो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?