Logo

वालिङलाई हराउदै आर्मीले एपीएफसंगको दुरी घटायो

ई-खेलकुद २०७७ माघ २७ , मंगलबार ०४:०२ मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी छैठौ जित निकालेको छ । आज भएको खेलमा स्याङजाको वालिङ नगरपालिकालाई २–० गोल अन्तरले हराउदै आर्मीले शीर्ष टोली एपीएसंगको अन्तर घटाएको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आर्मीलाई जिताउन शर्मीला थापा र बिमला चौधरीले एक एक गोल गरे । पहिलो मिनेटमै शर्मिलाले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिईन् । ४३ औ मिनेटमा बिमलाले टोलीको अग्रता दोब्बर पारिन् । दोस्रो हाफमा दुबैतर्फबाट कुनै गोल हुन नसक्दा सोहि नतिजा निर्णायक बन्यो । ८३ औ मिनेटमा वालिङकी क्यामरुनी खेलाडी किओमेग्ने नोईली दोहोरो पहँेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसपछिको समय वालिङ १० खेलाडीमा सिमित बन्यो ।
जितसँगै दोस्रो स्थानको आर्मीले आठ खेलमा १९ अङ्क जोडेको छ । वालिङ भने ११ अङ्कमा तालिकाको तेस्रो स्थानमा छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?