Logo

लेष्टर सिटी र म्यान युनाईटेडको बराबरी

ई-खेलकुद २०७७ पुस ११ , शनिबार ०८:१२ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलमा लेष्टर सिटी र म्यानचेष्टर युनाईटेडले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । लेष्टरको मैदानमा २ पटक अग्रता बनाएर पनि युनाईटेडले त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । २३ औ मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ३१ औ मिनेटमा हार्बे बान्र्सले लेष्टरलाई बराबरीमा पुर्याएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ७९ औ मिनेटमा बुर्नो फर्नाण्डेजले युनाईटेडलाई पुन अग्रता दिलाए । त्यसको ६ मिनेटपछि जेमी भार्डीले गोल गर्दै लेष्टरलाई बराबरीमा ल्याए ।
खेलमा बल पोजिशनमा पकड बनाएपनि लेष्टरले पाएका अवसर सदुपयोग गर्न नसक्दा सोहि नतिजा निर्णायक बन्यो । १५ खेलबाट २८ अंक जोडेको लेष्टर दोस्रो स्थानमा यथावत रहदा एक खेल कम खेलेको म्यान युनाईटेड २७ अंकमा तेस्रो स्थानमा कायम छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?