Logo

लेष्टर दोस्रो स्थानमा, चेल्सीको संर्घषपुर्ण जित

ई-खेलकुद २०७७ माघ ४ , आईतबार ०६:०१ मा प्रकाशित

एजेन्सी । लेष्टर सिटी ईङलिश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । १८ औ चरणको खेलमा गएराती साउथ हेम्प्टनलाई २–० ले हराउदै लेष्टरले शीर्ष स्थानको म्यानचेष्टर युनाईटेडसंगको दुरी १ अंकमा झारेको हो । घरेलु मैदानमा लेष्टरलाई जिताउन जेम्स माडिसन र हार्भे बर्नेसले गोल गरे । ३७ औ मिनेटमा माडिसनको गोलमा अग्रता बनाएको लेष्टरका लागि अतिरिक्त समयमा बर्नेसले अर्को गोल गर्दै सहज जित दिलाएका थिए । १८ खेलबाट ३५ अंक जोडेको लेष्टरले लिभरपुल र म्यानचेष्टर सिटीलाई पछि पारेको हो ।
फुल्ह्यामबिरुद्ध १–० को संर्घषपुर्ण जित निकालेको चेल्सी तालिकाको सातौ स्थानमा पुगेको छ । फुल्ह्यामको मैदानमा खेलको ७८ औ मिनेटमा मासन माउण्टले गरेको गोल चेल्सीको जितमा निर्णायक बनेको थियो । ४४ औ मिनेटमा एन्टोनी रोबिन्सन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दोस्रो हाफभर फुल्ह्याम १० खेलाडीमा सिमित बनेको थियो । १८ खेलबाट चेल्सीको २९ अंक भएको छ ।
गएराती नै वेष्टह्यामले बर्नलीलाई तथा ब्राईटन एण्ड होभ एल्बियनले लिड्स युनाईटेडलाई समान १–० ले हराए । रेलिगेशन क्षेत्रमा रहेको वेष्टब्रोमले वुल्भरहेम्प्टनलाई ३–२ गोल अन्तरले स्तब्ध पार्यो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?