एजेन्सी । आर्सनल ईङलिश प्रिमियर लिग फुटबलको शीर्ष पाँचमा पुगेको छ । १० औ चरणको खेलमा लेष्टर सिटीलाई २–० ले हराउदै आर्सनलले तालिकामा सुधार गरेको हो ।
लेस्टरको मैदानमा आर्सनललाई जिताउन गाब्रियल जिसस र इमिल स्मिथले गोल गरे । पाँचौं मिनेटमा जिससको गोलमा आर्सनलले अग्रता बनाएको थियो । १८ औं मिनेटमा इमिलले गोल गर्दै आर्सनललाई पहिलो हाफमै २–० को बलियो अबस्थामा पुर्याए ।
प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा लेष्टरले राम्रा अवसर पाएपनि गोल गर्न नसक्दा खेल आर्सनलको पक्षमा पुग्यो । खेलमा लेष्टरले बल पोजिशनमा पकड बनाएको थियो । जितसँगै आर्सनलको १० खेलबाट १७ भएको छ । समान खेलबाट १४ अंक जोडेको लेस्टर दशौँ स्थानमा छ ।