Logo

लेवान्डोस्की चम्कदा बायर्नको जित

ई-खेलकुद २०७७ पुस ५ , आईतबार ०८:१२ मा प्रकाशित

एजेन्सी । साविक विजेता बायर्न म्युनिख जर्मन बुण्डेश लिगा फुटबलको शीर्गा स्थानमा पुगेको छ । १३ औ चरणको खेलमा गएराती वायर लिभरकुशेनलाई २–१ ले हराउदै बायर्नले उसैलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । प्याट्रिक सेखले १४ औ मिनेटमा लिभरकुशेनलाई अग्रता दिलाएका थिए । लेबान्डोस्कीले ४३ औ मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा पुर्याए । अतिरिक्त समयमा उनैले गोल गर्दै टोलीको जित निश्चित पारे । १३ खेलबाट ३० अंक जोडेको बायर्नले लिभरकुशेनलाई २ अंकले पछि पारेको हो । क्लोनसंग गोलरहित बराबरीमा रोकिएसंगै आरबी लाईपजिगले शीर्ष स्थानमा उक्लने मौका गुमायो । आर्मेनिया विलफिल्डले साल्केलाई तथा वेडर ब्रेमेनले माईन्जलाई समान १–० ले पराजित गरे ।
गएरातीनै फ्रयाङकफर्टले अग्सबर्गलाई २–० ले तथा होफिनह्यामले बोरुसिया मोन्चेनग्लाण्डवाखलाई २–१ ले पराजित गरे ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?