Logo

लुम्बिनीलाई हराएको सुदुरपश्चिम फाईनलमा

ई-खेलकुद २०७७ चैत्र २५ , बुधबार ०५:०४ मा प्रकाशित

काठमाण्डौ । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा लुम्बिनी प्रदेशलाई ८ विकेटले हराउदै सुदुरपश्चिमले प्रतियोगीताको उपाधि यात्रा तय गरेको हो ।
किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा लुम्बिनीले दिएको ७३ रनको झिनो चुनौती सुदुरपश्चिमले १२ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । सुदूरपश्चिमलाई सहज जित दिलाउन मन्जु बोकटीले सर्वाधिक २६ रनको योगदान गरिन् । बिन्दु रावल १७ रनमा अविजित रहदा रेवती धामीले पनि समान १७ रन बनाईन् । लुम्बिनीकी कृतिका मरासिनीले २ विकेट लिईन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ९ विकेट गुमाएर ७२ रनको झिनो योगफल तयार पारेको थियो । लक्ष्मी चौधरीले सर्वाधिक २६ रन बनाएको लुम्बिनीको ईनिङसमा कप्तान नेरी थापाले ११ रन जोडिन । अन्य ब्याट्सवुमनले दोहोरो अंकको स्कोर छुन सकेनन् । लुम्बिनीलाई सस्तैमा समेट्न लक्ष्मी साउद एक्लैले ४ विकेट चट्काईन् । ऋतु कनौजियाले ३ तथा सुनिता लुहर र कविता जोशीले समान एक विकेट लिईन् ।
लुम्बिनीलाई हराएसँगै सुदूरपश्चिमले ४ खेलमा ६ अंक जोड्दै समुहको दोस्रो
स्थानमा रहेर फाईनलमा स्थान बनाएको हो । सुदूरपश्चिमको जितसंगै प्रदेश एक र ललितपुर मेयर ११ को यात्रा पनि समुहचरणमै रोकिएको छ । लुम्बिनीको भने यो लगातार तेस्रो हार हो ।
ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगीताको उपाधिका लागि सुदुरपश्चिले विभागीय टोली नेपाल एपीएफसंग खेल्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?