Logo

लिभरपुल बराबरीमा रोकियो, एटलान्टा विजयी

ई-खेलकुद २०७७ मंसीर २५ , बिहीबार ०९:१२ मा प्रकाशित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा प्रिमियर लिग विजेता लिभरपुल बराबरीमा रोकिएको छ । समुहचरणको अन्तिम खेलमा लिभरपुल मिट्जेल्याण्डसंग एक एकको बराबरीमा रोकिएको हो । मिट्जेल्याण्डको मैदानमा पहिलो मिनेटमै महम्मद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफभर १–० ले अग्रता लिभरपुलले दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन् ।
६२ औ मिनेटमा एलेक्जेण्डर स्कोलाजले पेनाल्टिमार्फत गोल गर्दै घरेलु टोलीलाई बराबरीमा पुर्याएका थिए । त्यसपछि दुबै टोलीले थप गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बन्यो ।
यसैबिच महम्मद सलाह च्याम्पियन्स लिगमा लिभरपुलबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । मिट्जेल्याण्डबिरुद्ध गोल गर्दै सलाहले च्याम्पियन्स लिगमा २२औं गोल पूरा गरे । उनले क्लबका लिजेन्ड स्टेभन जेरार्डको कीर्तिमान तोडेका हुन् ।
बराबरीसँगै समूह ‘डी’मा रहेको लिभरपुलले ६ खेलबाट १३ अंकसहित समुह विजेताको रुपमा अन्तिम १६ मा प्रबेश गर्यो । यसै समुहको अर्को खेलमा एटलान्टाले आयाक्सलाई १–० ले हरायो । यो जितले एटलान्टाले ११ अंकसहित समुहको दोस्रो स्थानमा रहदै अघिल्लो चरणको यात्रा तय गर्यो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?