Logo

लिड्सविरुद्ध म्यान युनाईटेडको शानदार जित

ई-खेलकुद २०७८ साउन ३० , शनिबार ०८:०८ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेडले शानदार जित निकालेको छ । सिजनको आफ्नो पहिलो खेलमा युनाईटेडले लिड्स युनाईटेडलाई ५–१ को फराकिलो अन्तरले हराएको हो । उसको जितमा ब्रुनो फर्नान्डेजले ह्याट्रिक गरे । मेसन ग्रिनउड र फ्रेडले एक एक गोल थपे ।
पोर्चुगाली फरवार्ड फर्नान्डेजले ३०, ५४ र ६० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।
लिड्सका तर्फबाट लुक एलिङले एक गोल फर्काए । उपाधिका लागि बलियो दाबेदार मानिएको म्यानचेस्टर युनाईटेडले सिजनको पहिलो खेलबाटै आफ्नो प्रभाव देखाएको हो । ओल्ड ट्राफोर्डमा १७ महिनापछि भरिभराउ दर्शककाबिच खेल खेलाईएको थियो । प्रिमियर लिगमा अहिले थप ६ खेल भईरहेका छन्।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?