Logo

लिचे सिरि ए फुटबलको रेलिगेशनमा

ई-खेलकुद २०७७ साउन १९ , सोमबार ०७:०८ मा प्रकाशित

एजेन्सी । लिचे यो बर्ष ईटालियन सिरि ए फुटबलको रेलिगेशनमा परेको छ । अन्तिम चरणको खेलमा गएराती पार्मासंग ४–३ ले पराजित भएसंगै लिचे रेलिगेशनमा परेको हो । रेलिगेशन होडमा रहेको अर्को टोली जिनोआले सिजनको अन्तिम खेलमा गएराती हेल्लास भेरोनालाई ३–० ले हराएको थियो । लिचे सिरि ए फुटबलको रेलिगेशनमा पर्ने तेस्रो टोली बनेको छ । यसअघि स्पाल र ब्रेसीया पुछारमा रहदै अर्को डिभिजनमा घटुवा भईसकेका छन् । अन्तिम चरणका अन्य खेलमा फियोरेन्टिनाले स्पाललाई ३–१ ले हरायो । जिनोआले हेल्लास भेरोनालाई ३–० ले तथा उडिनेशले सासुलोलाई १–० ले पराजित गर्यो । बोग्लोना र टोरिनेले एक एकको बराबरी खेल्दै सिजनको अन्त्य गरेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?