Logo

लिग वानमा पीएसजीले बोर्डुअक्ससंग खेल्दै

ई-खेलकुद २०७७ मंसीर १३ , शनिबार ०४:११ मा प्रकाशित

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा आज दुई खेल हुदैछन् । आज साविक विजेता पेरिस सेन्ट जर्मेनले बोर्डुअक्ससँग प्रतिस्पर्धा गर्दैछ । पिएसजीको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार राती पौने २ बजे सुरु हुनेछ । शीर्ष स्थानको पिएसजी कमजोर टोलीलाई सहजै हराउदै शीर्ष स्थानमा अग्रता थप बढाउने योजनामा छ । ११ खेलबाट उसको २४ अंक छ ।
बेडुअक्स भने पिएसजीलाई उसैको मैदानमा हराउदै तालिकामा फड्को मार्ने दाउमा छ । तर त्यसका लागि उसले निक्कै मेहनत गर्न आवश्यक छ । बोर्डुअक्स १५ अंकमा तालिकाको १२ औं स्थानमा छ । आजै राती मार्सेलीले नान्टेससँग प्रतिस्पर्धा गर्नेछ । यो खेल भने राती पौने १० मा सुरु हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?