Logo

लिग वानमा पिएसजी र लिली विजयी

ई-खेलकुद २०७८ वैशाख १९ , आईतबार ०७:०५ मा प्रकाशित

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) र लिली विजयी भएका छन् । दोस्रो स्थानमा रहेको पिएसजीले लेन्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो । उपाधि होडमा रहेको पिएसजीको जितमा नेयमार र मार्किन्हसले एक एक गोल गरे । ३३ औं मिनेटमा नेयमारको गोलमा अग्रता बनाएको पिएसजीका लागि मार्किन्हसले ५९ औ मिनेटमा अर्को गोल गरेका थिए ।
लेन्सका लागि ६१ औं मिनेटमा इग्नाटिउस गनागोले सान्त्वना गोल फर्काए । शीर्ष टोली लिलीले नाइसमाथि २–० को जित निकाल्यो । उसको जितमा बुराक यिलमाज र मेहमद जाकि सेलिकले गोल गरे । जितसँगै शीर्ष स्थानमा रहेको लिलीसँग ७६ अङ्क छ । दोस्रो स्थानमा रहेको पिएसजीसँग ७५ अङ्क छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?