Logo

लिग वानमा पिएसजी मोनाकोसंग पराजित

ई-खेलकुद २०७७ मंसीर ६ , शनिबार ०६:११ मा प्रकाशित

एजेन्सी । साविक विजेता पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च लिग वान फुटबलमा तेस्रो हार भोगेको छ । उसलाई गएराती मोनाकोले ३–२ ले पराजित गरेको हो । हारका बावजुतपनि पिएसजी तालिकाको शीर्ष स्थानमा कायम छ । मोनाकोको मैदानमा खेलको पहिलो हाफमा २–० को अग्रता बनाएपनि दोस्रो हाफमा लय गुमाउदा पिएसजी हार भोग्न बाध्य भयो । केलियन एम्बाप्पेले २५ र ३७ औ मिनेटमा गोल गर्दै पिएसजीलाई पहिलो हाफमै २–० को अग्रता दिलाएका थिए ।
केभिन भोलाण्डले ५२ र ६५ औ मिनेटमा गोल गर्दै मोनाकोलाई बराबरीमा पुर्याएका थिए । ८३ औ मिनेटमा डानिलो रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि पिएसजी त्यसपछिको समय १० खेलाडीमा सिमित बनेको थियो । ८४ औ मिनेटमा सेस फाब्रिगासले पेनाल्टिमार्फत गोल गर्दै मोनाकोलाई जित दिलाए ।
११ खेलबाट २० अंक जोडेको मोनाको तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । गएराती नै रेन्नेस बोर्दोसंग १–० ले पराजित भएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?