Logo

लिग वानको आफ्नो पहिलो खेलमा पिएसजी पराजित

ई-खेलकुद २०७७ भदौ २६ , शुक्रबार ०७:०९ मा प्रकाशित

एजेन्सी । फ्रान्सेली लिग वान फुटबलको पछिल्लो खेलमा लेन्स विजयी भएको छ । लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन पिएसजीलाई १–० ले हराउदै लेन्सले सिजनको पहिलो जित हात पारेको हो । खेलमा अधिकांश समय पिएसजीको दबाव खेपेको नवप्रबेशी लेन्सले ५७ औ मिनेटमा गरेको गोल उसको जितमा निर्णायक बनेको थियो । ईग्नाटियुस गगानोले टोलीका लागि निर्णायक गोल गरेका थिए । टोलीका स्टार नेयमार, केलियन एम्बाप्पे, एन्जल डि मारियासहित ७ खेलाडी बिनै मैदान उत्रिएको पिएसजीले ७८ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पारेपनि गोल गर्ने अवसरको सदुपयोग गर्न सकेन् । पहिलो खेलमा हार भोगेको लेन्स दोस्रो खेलमा विजयी बन्दै तालिकाको पहिलो अंक थपेको हो । लिग च्याम्पियन पिएसजीले भने यो सिजन हारबाट सुरुवात गरेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?