Logo

ला–लिगामा रियलको जित, बार्सा पराजित

ई-खेलकुद २०७७ मंसीर २१ , आईतबार ०८:१२ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेभियालाई १–० ले हराएको छ । ५५ औ मिनेटमा पाएको उपहार गोल मद्धतमा रियलले जित हात पारेको हो । सेभियाको मैदानमा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५६ औं मिनेटमा सेभियाका गोलकिपर यासिन बाउनुले आत्मघाती गोल गरेपछि खेलमा रियलले अग्रता बनाएको थियो । त्यसपछि दुबै टोलीले थप गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बनेको थियो ।
जितसंगै ११ खेलबाट २० अंक जोडेको तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सेभिया १६ अंकमा पाँचौ स्थानमा छ ।
अर्को खेलमा बार्सिलोना काडिजसंग २–१ ले पराजित भयो । काडिजलाई जिताउन अल्भारो जिमिनेज र अल्भारो नेग्रेडोले गोल गरे । बार्सिलोनाले एक गोल उपहार पाएको थियो । यसअघि काडिजले रियल मड्रिडलाई १–० ले पराजित गरेको थियो । यो जितले काडिजलाई तालिकाको पाँचौ स्थानमा पुर्याएको छ । १२ खेलबाट उसको १८ अंक भएको छ । गएराती नै एट्लेटिको मड्रिडले रियल भल्लाडोलिडलाई २–० ले हराउदा गेटाफे लेभान्तेसग ३–० ले स्तब्ध भयो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?