Logo

ला–लिगामा बार्साले लेभान्तेसंग खेल्दै

ई-खेलकुद २०७७ मंसीर २८ , आईतबार ०३:१२ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज बिभिन्न ४ खेल हुदैछन् । आज बार्सिलोनाले घरेलु मैदानमा रेलिगेशन क्षेत्रमा रहेको लेभान्तेसंग खेल्नेछ । नेपाली समयानुसार राती पौने २ बजे हुने खेलमा बार्सा सहज जितसंगै तालिकामा सुधार गर्ने योजनामा छ । अपेक्षाअनुरुपको खेल प्रर्दशन गर्न नसकेको बार्सा घरेलु मैदानबाट त्यसलाई सुधार गर्न चाहान्छ । १४ अंकमा तालिकाको नवौ स्थानमा रहेको बार्सा आज स्पष्ट जित निकाल्दै शीर्ष टोलीसंगको दुरी साँघुरो पार्न चाहान्छ । बार्सालाई हराउन सके लेभान्तेपनि सो क्षेत्रबाट माथी निस्कनेछ ।
अन्य खेलहरुमा रियल सोसिडाड र आईबर, भियारियल र रियल बेटिस तथा ग्रानाडा र ईल्चे पनि प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?