Logo

ललितपुर मेयर्स कप : प्रदेश एकको पहिलो जित

ई-खेलकुद २०७७ चैत्र २३ , सोमबार ०३:०४ मा प्रकाशित

काठमाण्डौ । काठमाण्डौमा जारी ललितपुर मेयर्स कप महिला टि–२० क्रिकेट प्रतियोगीतामा प्रदेश एकले पहिलो जित दर्ता गरेको छ । आज भएको एकमात्र खेलमा लुम्बिनी प्रदेशलाई १० विकेटले हराउदै प्रदेश एकले प्रतियोगीतामा पहिलो अंक जोडेको हो ।
किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १ सय ५ रनको सामान्य चुनौती प्रदेश एकले १३ दशमलव २ ओभरमा बिना क्षती भेट्टायो । उसको जितमा कप्तान रुबिना क्षेत्रीले अबिजित ६८ रनको योगदान गरिन् । काजल श्रेष्ठले २५ रन जोडीन् ।
यसअघि टस जितेर ब्याटिङमा उत्रिएको लुम्बिनी प्रदेशले निर्धारित ओभरमा २ विकेट गुमाएर १ सय ४ रनको सामान्य योगफल तयार पारेको थियो । सरस्वती मगरले सर्बाधिक ५० रन बनाएको लुम्बिनीको ईनिङसमा नेरी थापाले अविजित २० र नितु भण्डारीले १८ रन बनाईन् । प्रदेश एककी शबनम राईले एक विकेट लिईन् ।
जितसँगै प्रदेश एकले २ खेलबाट २ अंक जोडेको छ । लुम्बिनीको भने यो लगातार दोस्रो हार हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?