Logo

ललितपुर मेयर्स कपमा आज लुम्बिनी र प्रदेश एक भिड्दै

ई-खेलकुद २०७७ चैत्र २३ , सोमबार ०९:०४ मा प्रकाशित

काठमाण्डौ । ललितपुर मेयर्स कप महिला टि–२० क्रिकेट प्रतियोगीतामा आज एक खेल मात्र हुदैछ । आज लुम्बिनी प्रदेश र प्रदेश एक प्रतिस्पर्धा गर्नेछन् । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजे सुरु हुनेछ । पहिलो खेलमा हार भोगेका दुबै टोली दोस्रो खेलमा जित निकाल्दै अघिल्लो चरण प्रबेशको संभावना कायमै राख्ने योजनामा रहेका छन् । प्रदेश एकले पहिलो खेलमा एपीएफसंग पराजय भोगेको थियो भने लुम्बिनी प्रदेश ललितपुर मेयर ११ संग स्तब्ध भएको थियो । प्रदेश एक रुबिना श्रेत्री र लुम्बिनी प्रदेश नेरी थापाको कमानीमा मैदान उत्रनेछन् ।
२८ गतेसम्म चल्ने प्रतियोगीतामा ५ टोली सहभागी छन् । विजेताले ३ लाख र उपविजेता टोलीले त्यसको आधा रकम प्राप्त गर्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?