Logo

रोहितको कमानीमा १५ सदस्सीय नेपाली टोलीको घोषणा

ई-खेलकुद २०७६ भदौ ५ , बिहीबार १०:०८ मा प्रकाशित

काठमाण्डौ । श्रीलंकामा भदौ १९ देखी सुरु हुने अण्डर १९ एसियाकप क्रिकेट प्रतियोगिता खेल्न १५ सदस्सीय नेपाली टोलीको घोषणा गरिएको छ । रोहित कुमार पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा रिजनल छनोट खेलेका खेलाडी नै रहेका छन् ।
टोलीमा रित गौतम, पवन सर्राफ, आसिफ शेख, सन्दिप झोरा, भीम सार्की, हरी बहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी र सागर ढकाल रहेका छन् । टोलीका अन्य सदस्यहरुमा खडग बहादुर बोहोरा, सुर्य तामाङ, लोकेश बहादुर बम र प्रतिश जिशी रहेका छन् ।
प्रतियोगिता अघिको अभ्यासका लागि नेपाली टोली शनिबार श्रीलंका जानेछ । प्रतियोगितामा समुह बी मा रहेको नेपालले आयोजक श्रीलंकासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
नेपाल रहेको समुह बीमा आयोजक श्रीलंकासंगै बंगलादेश र युएई रहेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?