Logo

रुसले ओलम्पिक र विश्वकप गुमाउने

ई-खेलकुद २०७७ पुस ३ , शुक्रबार ०९:१२ मा प्रकाशित

एजेन्सी । डोपिङ प्रकरणमा मुछिएको रुसले आगामी २ बर्षसम्म कुनै प्रतियोगीतामा भाग लिन नपाउने भएको छ । वल्र्ड एन्टी डोपिङ एजेन्सीले ४ बर्षको प्रतिबन्ध २ बर्षमा झारेसंगै त्योबिचमा हुने महत्वपुर्ण प्रतियोगीतामा उसको सहभागीता नरहने भएको हो । रुसले जापानमा हुने टोकियो ओलम्पिक र कतारमा हुने विश्वकप फुटबलका खेल गुमाउने भएको हो । उसको प्रतिबन्ध सन् २०२२ को डिसेम्बर २२ मा मात्र सकिने भएपछि विन्टर ओलम्पिकमा पनि सहभागीता नहुने भएको छ । विन्टर ओलम्पिक चीनको बेईजिङमा हुनेछ । यो अबधीमा उसले कुनैपनि अन्तराष्ट्रिय प्रतियोगीता आयोजना पनि गर्न पाउने छैन् । यद्यपी डोपिङ प्रकरणमा नमुछिएका खेलाडीलाई स्वतन्त्र रुपमा प्रतियोगीतामा सहभागी गराउने एजेन्सीले जनाएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?