Logo

रियल मड्रिड शीर्ष स्थानमा

ई-खेलकुद २०७७ पुस १९ , आईतबार ०७:०१ मा प्रकाशित

एजेन्सी । साविक विजेता रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा पुगेको छ । १७ औ चरणको खेलमा गएराती सेल्टा डि भिगोलाई २–० ले हराउदै मड्रिडले शीर्ष स्थानमा १ अंकको अग्रता बनाएको हो । घरेलु मैदानमा लुकास भज्क्वेज र मार्को एसेन्सीयोले गोल गर्दै रियललाई जित दिलाए । जारी सिजन एसेन्सीयोको यो पहिलो गोल हो । छैठौ मिनेटमै एसेन्सीयोको असिस्टमा भज्क्वेजले रियललाई अग्रता दिलाएका थिए । ५३ औ मिनेटमा भज्क्वेजको पासलाई एसेन्सीयोले जाली चुमाउदै टोलीको अग्रता दोब्बर पारे । त्यसपछिको समय दुबै टोलीले गोल गर्न नसकेपछि सोहि नतिजा निर्णायक बन्यो । १७ खेलबाट ३६ अंक जोडेको रियल ३ खेल कम खेलेको एट्लेटिको मड्रिड भन्दा १ अंकले अघि रहेको हो ।
गएराती नै भियारियलले लेभान्तेलाई २–१ ले स्तब्ध पार्यो । रियल भल्लाडोलिडले गेटाफेलाई १–० ले हराउदा अर्को खेल भने बराबरीमा सकिएको छ । रियल बेटिस र सेभियाले एक एक गोलको बराबरी खेल्दंै अंक बाँडेका छन् ।
ला लिगामा आज बिभिन्न ५ खेल हुदैछन् । आज एथ्लेटिको बिल्वाओ र ईल्चे, डिर्पोटिभो अलाभेष र एट्लेटिको मड्रिड, आईबर र ग्रानाडा, रियल सोसिडाड र ओसासुना तथा बार्सिलोना र हुएस्का प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?