Logo

रियल मड्रिडको बराबरी, उपाधि होड थप रोमाञ्चक

ई-खेलकुद २०७८ वैशाख २७ , सोमबार ०६:०५ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला–लिगा फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ । शीर्ष टोली एट्लेटिको मड्रिडले उपाधि होडमा रहेको बार्सिलोनासंग गोलरहित बराबरी खेलेको भोली पल्ट साविक विजेता रियल मड्रिडपनि बराबरीमा रोकिएको छ । ३५ औ चरणको खेलमा गएराती सेभियासंग रियलले २–२ को बराबरी खेलेको हो ।

पहिलो हाफभर १–० ले पछि परेको अवस्था उल्टाउदै रियलले अंक खोसेको हो । २२ औ मिनेटमा फर्नाण्डो रेगेसको गोलमा अग्रता बनाएको सेभियाबिरुद्ध मार्को एसेन्सीयाले ६७ औ मिनेटमा बराबरी गोल गरेका थिए । ७८ औ मिनेटमा पाएको पेनाल्टिको अवसरलाई ईभान राकिटिकले जाली चुमाउदै सेभियालाई दोस्रो पटक अग्रता दिलाए । तर खेलको अन्तिम केहि समय उसले लय गुमाउदा अंक बाँड्न बाध्य भयो । ईन्ज्युरी समयमा ईडेन हाजार्डले गोल गर्दै रियलको हार टारेका थिए । बराबरीसंगै रियल मड्रिड तालिकाको दोस्रँे स्थानमा उक्लिएको छ । ३५ खेलबाट उसको ७५ अंक भएको छ ।

बार्सासंग समान अंक भएपनि हेड टु हेडमा अघि रहदै रियल दोस्रो स्थानमा पुगेको हो । शीर्ष स्थानको एट्लेटिको मड्रिडसंग ७७ अंक छ । गएराती नै भ्यालेन्सीयाले रियल भल्लाडोलिडलाई ३–० ले पराजित गर्यो । भियारियल भने सेल्टा डि भिगोसंग ४–२ ले स्तब्ध भयो । अर्को खेलमा आईबरले गेटाफेलाई १–० ले पराजित गरेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?