Logo

राष्ट्रिय महिला लिग फुटबलमा आज पुलिस र चन्द्रपुर भिड्दै

ई-खेलकुद २०७७ माघ ३० , शुक्रबार ०८:०२ मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबलमा आज एक मात्र खेल हुदैछ । आज विभागीय टोली नेपाल पुलिस र रौतहटको चन्द्रपुर नगरपालिका प्रतिस्पर्धा गर्नेछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो २ बजे यी दुई टोलीबिचो प्रतिस्पर्धा सुरु हुनेछ । एकअर्काबिरुद्ध मैदान उत्रदा दुबै टोली लिगको तेस्रो जित निकाल्ने योजनामा हुनेछन् । जारी लिगमा कमजोर प्रर्दशन गरेको विभागीय टोलीले खेलका ७ मध्ये २ जित, समान बराबरी र ३ हारको नतिजा हात पारेको छ ।
समान खेलबाट चन्द्रपुरले २ जित र ५ हारको नतिजा निकालेको छ । अघिल्लो भेटमा ३–१ को जित निकालेको पुलिस आजपनि त्यस्तै नतिजाको खोजीमा छ । चन्द्रपुरलाई भने सो हारको बदला लिदै तालिकामा सुधार गर्ने अवसर पनि मिलेको छ ।
महिला लिगमा विभागीय टोली एपीएफ अपराजित रहदै तालिकाको शीर्ष स्थानमा छ । उदयपुरको चौदण्डिगढीले भने अंक जोड्न सकेको छैन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?