Logo

राष्ट्रिय महिला लिगमा विराटनगर र वालिङको बराबरी

ई-खेलकुद २०७७ माघ ८ , बिहीबार ०५:०१ मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका मोरङले बराबरीको नतिजा निकालेका छन् । प्रतियोगीताको तेस्रो खेल अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतिस्पर्धामा दुबै टोलीले एक एकको बराबरी खेलेका हुन् ।
खेलमा अग्रता भने वालिङले खेलको दोस्रो मिनेटमै बनाएको थियो । तर दोस्रो हाफमा विराटनगर खेलमा फर्कदै अंक खोसेको थियो । सम्झना शर्माले हेडमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिईन् । ६३ औ मिनेटमा आशा कुमारीले फ्रिकिकमार्फत गोल गर्दै खेल बराबरीमा ल्याईन् ।
उनले २५ यार्डबाट हानेको फ्रिकिक सिधै गोलमा परिणत भएको थियो । प्रतियोगिताको दोस्रो खेलमा वालिङले चौदण्डीगढी नगरपालिकासँग खेल्नेछ भने विराटनगरले एपीएफ क्लबको सामना गर्नेछ ।
महिला लिगमा भोली एक मात्र खेल हुनेछ । भोली उदयपुरको चौदण्डीगढी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?