Logo

राष्ट्रिय महिला टोलीका ४ खेलाडीले पाकिस्तानमा लिग खेल्ने

ई-खेलकुद २०७७ फागुन १८ , मंगलबार ०७:०३ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका ४ महिला खेलाडीले पाकिस्तानको महिला लिग खेल्ने भएका छन् । आगामी मार्च दोस्रो साताबाट सुरु हुने पाकिस्तान लिगमा गोलकिपर एन्जिला तुम्बापो सुब्बा, मिडफिल्डर सरु लिम्बु, फरवार्ड अनिता केसी र डिफेन्डर गिता रानाले खेल्ने भएका हुन् ।
चारै खेलाडी बिहिबार पाकिस्तान जाने बताईएको छ । यी चारै खेलाडीले पहिलो पटक बिदेशी लिग खेल्न लागेका हुन् । पाकिस्तान महिला लिग खेल्ने खेलाडीको पारिश्रमिक बारे केहि खुलाईएको छैन् ।
यद्यपी चारै खेलाडीले बिदेशी लिग खेल्न पाउदा निक्कै उत्साहित भएको बताएका छन् । यसअघि महिला टोलीका सावित्रा भण्डारी र अनिता बस्नेतले मात्र बिदेशी लिगमा सहभागीता जनाएका छन् ।
मार्च ८ देखि अप्रिल ३ सम्म चल्ने पाकिस्तान लिगको विजेताले १० लाख पाकिस्तानी रुपैयाँ प्राप्त गर्ने छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?