Logo

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण पोखरामा सुरु

ई-खेलकुद २०७७ माघ ९ , शुक्रबार ०८:०१ मा प्रकाशित

काठमाण्डौ । घरेलु मैदानमा हुने आसन्न विश्वकप फुटबलको छनोट र एसियन कपको छनोटका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु भएको छ । टोलीले पोखरामा प्रशिक्षण सुरु गरेका हुन् । अखिल नेपाल फुटबल संघ एन्फाको मैदानमा राष्ट्रिय महिला लिग चलिरहेकाले टोलीलाई पोखरा रंगशालामा प्रशिक्षणमा लगिएको हो । राष्ट्रिय टोलीले पोखरामा २ साताको प्रशिक्षण गर्नेछ । प्रशिक्षणमा ३५ खेलाडी र ९ अफिसियल गरी ४४ जना रहेका छन् ।
विश्वकप र एसियन छनोटका तीन खेल नेपालले घरेलु मैदानमा खेल्न बाँकि छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले चाईनिज ताईपेई, जोर्डन र अष्ट्रेलियासंग खेल्ने छ । माघ २१ पछि राष्ट्रिय टोलीको बाँकि अभ्यास भने काठमाण्डौमै गर्ने एन्फाले जनाएको छ । विश्वकप छनोटका खेलहरु दर्शक सहित खेलाउने एन्फाको तयारी छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?