Logo

राष्ट्रिय फुटबल टोलीका ४ खेलाडीमा कोरोना सक्रमण

ई-खेलकुद २०७७ कात्तिक १३ , बिहीबार ०६:१० मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा बोलाईएका ४ खेलाडीलाई कोरोना सक्रमण पुष्टि भएको छ । प्रशिक्षणमा जानु अघि गरिएको परिक्षणमा उनीहरुमा कोरोना सक्रमण पुष्टि भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । सक्रमण देखिएका चारै खेलाडीलाई होटलको आईसोलनेशनमा राखिएको टिम म्यानेजर मधुसुधन उपाध्ययले जानकारी दिनुभयो । एन्फाले सक्रमण भएका खेलाडीको नाम सार्बजनिक गरेको छैन् । ४ खेलाडीमा सक्रमण देखिएसंगै पहिलो दिनको प्रशिक्षणमा ३० खेलाडीले मात्र सहभागीता जनाएका छन् ।
बंगलादेशसंगको मैत्रीपुर्ण खेलका लागि एन्फाले आजबाट प्रशिक्षण सुरु गरेको हो । प्रारम्भीक प्रशिक्षणमा एन्फाले ३४ खेलाडीलाई बोलाएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?