Logo

राष्ट्रिय क्रिकेट प्रतियोगीतामा गण्डकी प्रदेशको पहिलो जित

ई-खेलकुद २०७८ मंसीर ११ , शनिबार ०५:११ मा प्रकाशित

काठमाडौं । गण्डकी प्रदेशले अन्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगीतामा पहिलो जित दर्ता गरेको छ । किर्तिपुर स्थित त्रिबि क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशलाई ३ विकेटले हराउदै गण्डकीले पहिलो अंक हात पारेको हो । कर्णालीले दिएको १ सय १४ रनको चुनौती गण्डकीले २६ दशमलब ५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । गण्डकीको जितमा दिपक डुम्रेले सर्वाधिक ३४ रनको योगदान गरे । उत्सव श्रेष्ठले २६ तथा अर्जून कुमालले १४ रन जोडे । कर्णालीका लागि सन्दीप शाही र निश्चल रावलले समान २–२ विकेट हात पारे । अनुज चनारा, रुपक दाहाल र दिनेश पुनको नाममा एक उक विकेट रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली २८ ओभरमा १ सय १३ रनमा समेटिएको थियो । कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक २६ रन जोड्दा अनुज चनाराले २२ तथा रुपक दाहालले २० रनको योगदान गरे । अन्यले उल्लेख्य प्रर्दशन गर्न सकेनन् । गण्डकीका किरण पौडेलले ३ तथा सुदिप अर्याल र सुवाश भण्डारीले एक–एक विकेट हात पारे । गण्डकीले तेस्रो खेलमा पहिलो जित निकालेको हो । समान तीन खेल खेलेको कर्णालीले पनि १ जित र २ हारको नतिजा आत्मसात गरेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?