Logo

राखेपले क्यानलाई सोध्यो स्पष्टिकरण

ई-खेलकुद २०७७ असोज १६ , शुक्रबार ०२:१० मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद राखेपले खेलाडीहरूको वर्गीकरणबारे नेपाल क्रिकेट संघ (क्यान)लाई स्पष्टीकरण मागेको छ । बिहीबार राखेपले क्यान अध्यक्ष र सचिवलाई पत्र लेख्दै खेलाडीको बर्गीकरणको आधार र केहि खेलाडी छुट्नुको कारणबारे स्पष्टिकरण माग गरेको हो । राखेपले सात दिनभित्र लिखित जवाफ पेश गर्न क्यानलाई निर्देशन समेत दिएको छ ।
गत ६ गते चितवनमा बसेको क्यान कार्यसमिती बैठकले महिला तथा पुरुष क्रिकेट खेलाडीको वर्गीकरण गरेको थियो । पुरुषमा १८ र महिलामा १९ खेलाडीको वर्गीकरण गर्दा केही खेलाडी छुटेपछि क्यानको ठूलो आलोचना भइरको छ । तथापि, क्यानले सो वर्गीकरण परिमार्जन गर्ने बताईसकेको छ । संघका कोषाध्यक्ष रोशनकुमार सिंहको नेतृत्वमा रहेको समितिले बनाएको वर्गीकरणको चौतर्फी विरोध भएको थियो । क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) ले वर्गीकरणमा भएको निर्णय पुनर्विचार गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्रसमेत बुझाएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?