Logo

रंगशाला निर्माणको स्वामित्व महानगरले लिने

ई-खेलकुद २०७८ पुस २५ , आईतबार ०६:०१ मा प्रकाशित

काठमाडौं । चितवनमा निर्माणाधिन गौतम बुद्व अन्तराष्ट्रिय क्रिकेट मैदानको स्वामित्व भरतपुर महानगरपालिकाले लिने भएको छ । जनसहभागीतामा निर्माण गर्ने लक्ष्यका साथ धुर्मुस सुन्तली फाउन्डेसनले निर्माणको सुरुवात गरेको रंगशालाको निर्माण अब महानगरले गर्नेछ । फाउन्डेशन आर्थिक संकटमा परेपछि निर्माण पुरा नहुँदै हात झिकेको थियो । महानगरपालिकाकी मेयर रेणु दाहालले रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएकी हुन् । फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व लिएर निर्माणको बाँकी काम सुरु गर्ने उनको भनाई छ ।
फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि सोचेअनुरुपको सहयोग प्राप्त नभएकोले महानगरलाई स्वामित्व लिन आग्रह गरेको थियो । सोही आग्रहलाई स्विकार गर्दै महानगरले आवश्यक प्रक्रियापछि स्वामित्व लिन लागेको हो । आफुहरु जिम्मेबारीबाट नभाग्ने बताउँदै रंगशाला निर्माणको कामबाट महानगर नभाग्ने उल्लेख गरिन् । तीन तहको सरकारको आपसी समझदारीबाट रंगशाला निर्माणको कामलाई अघि बढाउने दाहालको भनाई छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?