Logo

युरोकप फुटबल : वेल्स र स्वीटजरल्याण्डको बराबरी

ई-खेलकुद २०७८ जेठ २९ , शनिबार ०८:०६ मा प्रकाशित

एजेन्सी । वेल्स र स्वीजटजरल्याण्डले एक एक गोलको बराबरी गर्दै युरोकप फुटबलको सुरुवात गरेका छन् । अजरबैजानको वाकुमा आज भएको खेलमा दुबै टोलीले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुबै टोलीले दोस्रो हाफमा गोल गरेका थिए । ४९ औ मिनेटमा ब्रेल इम्बोलोले गोल गर्दै स्वीट्जरल्याण्डलाई अग्रता दिलाएका थिए ।
७४ औ मिनेटमा किफेर मोरेले गोल गर्दै वेल्सलाई बराबरीमा पुर्याएका थिए । ८५ औं मिनेटमा स्विजरल्याण्डका मारियोले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रि भारले त्यसलाई मान्यता दिएन् । समुह ए अन्तर्गत हिजो भएको पहिलो खेलमा ईटाली विजयी भएको थियो । उसले टर्किमाथी ३–० को जित हात पारेको थियो । युरोकप फुटबलमा आज थप २ खेल हुदैछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?