Logo

युरोकप फुटबल : फ्रान्स र पोर्चुगल सहित ४ खेल हुदै

ई-खेलकुद २०७८ असार ९ , बुधबार ०६:०६ मा प्रकाशित

एजेन्सी । युरोपका बिभिन्न मुलुकमा जारी युरोकप फुटबलमा आज समुह चरणका अन्तिम चार खेल हुदैछ । आज समुह ई र एफका समान २ खेल हुनेछन् । आजको खेलपछि नकआउट चरण प्रबेश गर्ने सबै टोलीको टुंगो लाग्नेछ ।
दिनको पहिलो समय राती पौने १० बजे समुह ई अन्तर्गतका स्पेन र स्लोभाकिया तथा स्विडेन र पोल्याण्ड प्रतिस्पर्धा गर्नेछन् । सेभियामा स्लोभाकियाबिरुद्ध मैदान उत्रदा स्पेन स्पष्ट जितसंगै नकआउट चरणमा स्थान बनाउने योजनामा रहनेछ । अघिल्ला दुबै खेलमा बराबरीको नतिजा निकालेको स्पेनका लागि आजको खेल निक्कै महत्वपुर्ण रहेको छ । स्पेनलाईए हराउन सके स्लोभाकियाले पनि अघिल्लो चरणमा स्थान सुरक्षित गर्नेछ । स्लोभाकियाको २ खेलमा ३ अंक छ । उ तालिकाको दोस्रो स्थानमा छ ।
यसै समूहको अर्को खेलमा स्विडेन र पोल्याण्ड आमने सामने हुनेछन् । ४ अंकमा समुहको शीर्ष स्थानमा रहेको स्विडेन यसअघि नै नकआउट चरणमा पुगीसकेको छ । सुरुवाती दुबै खेलमा अपराजित रहेको स्विडेन पोल्याण्डलाई हराउदै समुह विजेता बन्ने योजनामा छ ।
पोल्याण्ड १ अंकमा तालिकाको पुछारमा छ । आज जित निकाल्न सके पोल्याण्डको पनि अर्को चरण पुग्ने सम्भावना बलियो बन्ने छ ।
आजै राती समुह एफ अन्तर्गतका महत्वपुर्ण खेलहरु हुनेछन् । मध्यराती पौने १ बजे हुने खेलमा पोर्चुगल र फ्रान्स तथा जर्मनी र हंगेरी प्रतिस्पर्धा गर्नेछन् । पुस्कास स्टेडियममा हुने खेलमा पोर्चुगल विश्व विजेता फ्रान्सलाई हराउदै नकआउट चरणमा पुग्न चाहन्छ । २ खेलबाट ३ अंक जोडेको पोर्चुगल समुहको तेस्रो स्थानमा छ । फ्रान्स भने यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । उसले २ खेलबाट ४ अंक जोडेको छ । पोर्चुगललाई हराउन सके फ्रान्स समूह विजेता बन्नेछ ।
सोहि समय जर्मनीले हंगेरीसँग खेल्नेछ । जर्मनीलाई पनि अघिललो चरण प्रबेशको संभावना कायमै राख्न हंगेरीबिरुद्धको खेल जित्नै पर्ने दबाव छ । २ खेलमा ३ अंक जोडेको जर्मनी समूहको दोस्रो स्थानमा रहेको छ । जर्मनीलाई हराएको खण्डमा १ अंकमा पुछारमा रहेको हंगेरीले पनि अन्तिम १६ को यात्रा तय गर्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?