Logo

युरोकप फुटबलका लागि वेल्सको टोली घोषणा

ई-खेलकुद २०७८ जेठ १७ , सोमबार ०८:०५ मा प्रकाशित

एजेन्सी । आसन्न युरोकप फुटबलका लागि वेल्सले राष्ट्रिय टोलीको घोषणा गरेको छ । वेल्सले गारेथ वेलको कमानीमा २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
टोलीका अन्तरिम प्रशिक्षक रोबर्ट जोन पेजले १९ बर्षिय मिडफिल्डर रुबिन कोलविललाई टोलीमा राखेका छन् ।
रुबिन कार्डिफ सिटीबाट व्यवसायिक खेल खेल्दै आएका छन् । वेल्सले जुन १२ मा स्विजरल्याण्डसँग खेल्दै युरोकपको सुरुवात गर्नेछ । वेल्स रहेको समुह ए मा इटाली, टर्की र स्विजरल्याण्ड रहेका छन् । युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?