Logo

युरोकप : ईङल्याण्ड र युक्रेन तथा चेक र डेनमार्क भिड्दै

ई-खेलकुद २०७८ असार १९ , शनिबार ०२:०७ मा प्रकाशित

एजेन्सी । युरोपका बिभिन्न मुलुकमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज क्वाटरफाइनल चरणका अन्तिम २ खेल हुदैछन् ।
आजको पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क प्रतिस्पर्धा गर्नेछन् । नेपाली समयानुसार राती पौने १० बजे सुरु हुने खेलमा दुबै टोली जित हात पार्दै सेमिफाईनल प्रबेश गर्ने योजनामा रहेका छन् । यी दुई टोलीबिचको प्रतिस्पर्धा अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । चेक रिपब्लिकले नेदरल्यान्ड्सलाई पराजित गर्दै अन्तिम ८ मा प्रवेश गर्दा डेनमार्कले वेल्सलाई पराजित गरेको थियो ।
त्यस्तै आजै हुने अर्को खेलमा इंग्ल्यान्ड र युक्रेन आमने सामने हुनेछन् । इटालीको रोममा हुने खेल नेपाली समयानुसार राती पौने १ बजे सुरु हुनेछ । इंग्ल्यान्ड उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । युक्रेनले स्विडेनलाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?