Logo

युरोकप अघि फ्रान्सलाई झट्का, बेन्जेमाले चोट बोके

ई-खेलकुद २०७८ जेठ २७ , बिहीबार ०८:०६ मा प्रकाशित

एजेन्सी । युरोकपको तयारीमा रहेको फ्रान्सलाई प्रतियोगीता अघि झट्का लागेको छ । लामो समयपछि टोलीमा स्थान बनाएका स्टाईकर करिम बेन्जीमा घाईते भएसंगै टोलीलाई चिन्ता थपिएको हो ।
६ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका ३३ वर्षीय बेन्जेमा बुल्गेरियासँगको मैत्रीपूर्ण खेलका क्रममा घाईते भएका हुन् । घरेलु मैदानमा भएको खेलमा फ्रान्सले ३–० को जित निकालेको थियो ।
खेलको ४१औँ मिनेटमा चोटका कारण रियल मड्रिडका फरवार्ड बेन्जेमा मैदान छाड्न बाध्य भएका थिए । उनको स्थानमा ओलिभर जिराउड मैदान प्रवेश गरेका थिए ।
फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले स्टाईकर बेन्जेमामा घुँडाको चोट भएकाले आगामी भविश्यका बिषयमा मेडिकल रिपोर्टले स्पष्ट पार्ने बताए । युरोकप फुटबल ११ जुनदेखि ११ जुलाईसम्म युरोपका विभिन्न ११ सहरमा हुँदैछ । युरो २०२० मा हङ्गेरी, पोर्चुगल र जर्मनीसँगै फ्रान्स समूह ‘एफ’मा छ । फ्रान्सले १५ जुनमा जर्मनीको सामना गर्दै युरो कपको सुरुआत गर्नेछ । सन् २०१५ मा आफ्नै पूर्वसहकर्मीलाई ‘ब्ल्याकमेल’ गरेको आरोपपछि उनी फ्रान्सका लागि प्रतिनिधित्व गर्नबाट बञ्चित भएका थिए । परिणामस्वरुप ३३ वर्षीय बेन्जिमाले सन् २०१६ को यूरो र सन् २०१८ को विश्वकप फुटबल खेल्न पाएका थिएनन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?