Logo

युरोकपमा आज बेल्जियम र पोर्चुगल तथा नेदरल्याण्ड्स र चेक भिड्दै

ई-खेलकुद २०७८ असार १३ , आईतबार ०७:०६ मा प्रकाशित

एजेन्सी । युरोपका बिभिन्न मुलुकमा जारी १६औँ संस्करणको युरो कप फुटबल प्रतियोगितामा आज अन्तिम १६ का थप २ खेल हुदैछन् । आज नेदरल्याण्ड्स र चेक रिपब्लिक तथा साविकको विजेता पोर्चुगल र फिफा वरीयताको शीर्ष टोली बेल्यिमबिच प्रतिस्पर्धा हुदैछन् ।
स्पेनको सेभियामा हुने पोर्चुगल र बेल्जियमबिचको खेल नेपाली समयानुसार राति पौने १ बजे सुरु हुनेछ । एकअर्काबिरुद्ध मैदान उत्रदा दुबै टोली सहज जितसंगै क्वार्टरफाईनल यात्रा तय गर्ने योजनामा रहेका छन् । बेल्जियम समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने पोर्चुगल समूह ‘एफ’ को तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रबेश गरेको टोली हो । यी दुई टोलीबिच यसअघिको पाँच पटक प्रतिस्पर्धा भएको छ । जसमा पोर्चुगलले तीन जित निकालेको छ । दुई खेल बराबरीमा सकिएको छ । यो खेलको विजेता टोलीले सेमिफाईनल प्रबेशका लागि इटालीसँग खेल्नेछ ।
आजै राती नेदरल्यान्ड्स र चेक रिपब्लिक आमने सामने हुनेछन् । हंगेरीको पुस्कास एरिनामा हुने खेल नेपाली समयानुसार राती पौने १० बजे सुरु हुनेछ । नेदरल्यान्ड्सले समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो भने चेक रिपब्लिकले समूह ‘डी’ को तेस्रो स्थानमा रहँदै नकआउट चरणमा स्थान बनाएको हो । यस खेलको विजेताले क्वार्टरफाइनलमा डेनमार्कसँग खेल्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?