Logo

युरोकपमा आज पोर्चुगल र हंगेरी तथा फ्रान्स र जर्मनी भिड्दै

ई-खेलकुद २०७८ असार १ , मंगलबार ०९:०६ मा प्रकाशित

एजेन्सी । युरोकप फुटबलमा आज दुई खेल हुँदैछ । आज समूह ’एफ’ अन्तर्गतका २ खेल हुन लागेका हुन् । दिनको पहिलो खेलमा पोर्चुगल र हंगेरी प्रतिस्पर्धा गर्नेछन् । साविक विजेता समेत रहेको पोर्चुगलले हंगेरीसँग बुडापेस्टमा खेल्नेछ । पुस्कास एरिनामा हुने खेल नेपाली समयानुसार राति पौने १० बजे सुरु हुनेछ । हंगेरीबिरुद्ध मैदान उत्रदा साविक विजेता पोर्चुगल स्पष्ट जितसंगै प्रतियोगीताको शानदार सुरुवात गर्ने योजनामा हुनेछ । हंगेरीपनि घरेलु मैदानमा पोर्चुगललाई हराउदै प्रतियोगीताको सुखद बोहनी गर्न चाहान्छ ।
आजको दोस्रो खेलमा फ्रान्स र जर्मनी आमने सामने हुनेछन् । विश्वकप विजेता फ्रान्सले युरोकपको उपाधि दाबेदार टोली जर्मनीसंग म्युनिखस्थित एलिनाज स्टेडियममा प्रतिस्पर्धा गर्नेछ । यी दुई राष्ट्रबिचको प्रतिस्पर्धा नेपाली समयानुसार राती पौने १ बजे सुरु हुनेछ ।
फ्रान्स घरेलु टिमविरुद्ध जित निकाल्दै आफ्ना साख कायमै राख्न योजनामा रहदा जर्मनीपनि घरेलु मैदानमा आफ्नो रवाफ कायम राख्ने दाउमा रहेको छ । फ्रान्स र जर्मनीबीच अहिलेसम्म मुख्य प्रतियोगितामा ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा दुबै टोलीले २÷२ खेल जितेको छ । दुई खेल भने बराबरीमा सकिएका छन् ।

 


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?